![samsad](https://www.sutranews.com/wp-content/uploads/2022/07/samsad.png)
![यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय](https://www.sutranews.com/wp-content/uploads/2022/07/samsad.png)
काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसाको घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो ।
समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरेर समितिले पीडितलाई क्षतिपूर्ति पीडकबाट नभई राज्य कोषबाट उपलब्ध गराउने निर्णय गरेको हो ।
पीडकबाट कारबाही स्वरुप प्राप्त हुने रकम राज्य कोषमा जम्मा गर्ने र त्यसबाटै पीडितलाई क्षतिपूर्ति दिलाउने समितिले निर्णय गरेको हो । विद्यमान कानुनअनुसार पीडितलाई पीडकबाट क्षतिपूर्ति दिलाउने व्यवस्था छ ।