सभालाई सम्बोधन गरिरहदा जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर-Sutra News

सभालाई सम्बोधन गरिरहदा जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

जापान – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेका उनलाई शुक्रबार बिहान गोली हानिएको हो ।



सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उनलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उनी अहिले बेहोस अवस्थामा रहेको पनि यहाँका मिडियाले जनाएका छन् ।

नाराको स्थानीय प्रहरीले उनलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट