माओवादीमा भद्रगोल- पदाधिकारी छान्न प्रचण्ड असफल, फेरी महाधिवेशन हुने-Sutra News

माओवादीमा भद्रगोल- पदाधिकारी छान्न प्रचण्ड असफल, फेरी महाधिवेशन हुने

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

चर्काे विवादका कारण नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बिहीबार पदाधिकारीको टुंगो लगाउन सकेन । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने अख्तियारी पाएका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको बैठकमा पोलिटब्युरो र स्थायी समितिमा रहने केहीको नाम प्रस्ताव गरे । तर, पदाधिकारीका लागि भने उनले केही दिनको समय माग गरे ।



आइतबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समितिको टुंगो लगाएको हो । यसअघि रहेका १५ जना पूर्वस्थायी समितिका सदस्य स्वतः परेका छन् भने बाँकीको नामसमेत पछि टुंगो लाग्नेछ ।

वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ पक्का, महासचिवमा को ?

बैठकले १ सय ५६ जना पोलिटब्युरो सदस्यको नामावली टुंगो लगाएको छ । बैठकमा अध्यक्ष दाहालले सुरुमा १ सय २५ जना पोलिटब्युरो सदस्यको नामावली घोषणा गरेका थिए । तर, केही असन्तुष्ट नेताले हुटिङ गरेपछि उनले थप ३१ जनाको नाम समावेश गरी पोलिटब्युरो सदस्यको संख्या १ सय ५६ जना बनाएका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पदाधिकारी चयन गर्न गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यसँग समय मागेका थिए । ‘अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन दुई÷चार दिन दिनुस् । केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति टुंगो लागेकाले पदाधिकारी टुंगो लगाउन पनि ठूलो समस्या छैन,’ बैठकमा सहभागी एक सदस्यले दाहालको भनाइ उद्धृत गर्दै भने ।

उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको पनि बताए । ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस् । दुई÷चार दिन दिनुस्, सबैलाई खुसी बनाउनेगरी टुंगो लगाउँछु,’ बैठकमा उनले भने ।

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो । पार्टीको महाधिवेशन भएको ६ महिना बित्दासमेत सांगठनिक कार्य पूरा नगरिएको भन्दै अध्यक्ष दाहालकोको आलोचना हुँदै आएको छ ।

माओवादी केन्द्रको विधानअनुसार १५ पदाधिकारीको व्यवस्था छ । माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।

पदाधिकारीको चयन सर्वसम्मतमा गर्ने र सर्वसम्मत हुन नसकेको अवस्थामा केन्द्रीय सदस्यको मतदानबाट चुनिनुपर्ने पार्टीको विधानमा उल्लेख गरिएको छ ।

माओवादीमा केन्द्रीय सदस्यको संख्या ३ सय ७७ पुगेको छ । यसमा २५ प्रतिशत मनोनीत, १० प्रतिशत एकता प्रक्रियाबाट समावेश भएका समेत रहेका छन् । पदाधिकारीको संख्या १५, स्थायी समितिमा ४१ जना, पोलिटब्युरोको संख्या १ सय २५ र वैकल्पिक पोलिटब्युरोको संख्या ३१ हुने व्यवस्था रहेको स्थायी समितिका सदस्य गणेश साहले बताए ।

माओवादी स्रोतका अनुसार महासचिव पदका दाबेदारबीच सहमति हुन नसकेपछि पदाधिकारीको घोषणा हुन नसकेको हो । महासचिवमा स्थायी समितिका सदस्य देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतलगायतका दाबेदार छन् ।

यी हुन् स्थायी समितिका सदस्य
माओवादीले पार्टीको विधानअनुसार ४१ जनाको स्थायी समिति गठन गरेको छ । स्थायी समितिमा पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश साह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्तृका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल छन् । बाँकी नामावली पछि टुंगो लाग्नेछ । यस्तै, केन्द्रीय कार्यालयका सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत स्थायी समितिमा पदेन सदस्य हुनेछन् ।

यी हुन् पोलिटब्युरो सदस्य
माओवादीले पोलिटब्युरो सदस्यको टुंगो लगाएको छ । दाहालसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार रहेका छन् ।
यस्तै शशि श्रेष्ठ, सोना सुवेदी, जयपुरी घर्ती, ओनसरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, झक्कु सुवेदी, कमला रोका, नारायण दाहाल, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, परशुराम तामाङ, रामेश्वर राय, उर्मिला अर्याल, सत्या पहाडी, गणेशमान पुन, सावित्री काफ्ले, सूर्य सुवेदी, सुनिल मानन्धर, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी, परशुराम रम्तेल, दलजित श्रीपाइली, कुलप्रसाद केसी, जोखबहादुर महरा, हितबहादुर तमाङ, हरि अधिकारी, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, सीता खकुरेल, नारायणी शर्मा, हकिकुल्ला खाँ, महेश्वर पासवान, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, राजुकमार, सुरेश आलेमगर, टेकबहादुर बस्नेत रहेका छन् ।

यस्तै, डोरप्रसाद उपाध्याय, भरत साह, श्रवण यादव, वलावती शर्मा, गंगा कार्की, शुक्रविक्रम मल्ल, टेकबहादुर बस्नेत, राजु खड्का, शिवकुमार मण्डल, रामकुमार यादव, गोपाल शर्मा, मुक्ति प्रधान, महेश्वर दाहाल, दिलिप प्रजापति, इन्द्र आङ्वो, लक्ष्मण पन्त, माधव बास्कोटा, लेखनाथ न्यौपाने, गोपाल ठाकुर, फगत यादव, अजम्बर काङमाङ, रामहरि कार्की, युवराज दुलाल, दीपेन्द्र पुन, तेजबहादुर ओली, कृष्णप्रसाद सापकोटा, केशव नेपाल, भक्तिप्रसाद माझी, ईश्वरीप्रसाद भट्टराई, प्रकाशहरि पोखरेल रहेका छन् ।

दुर्गाजयन्ती राई, जितबहादुर योङयाङ, भच्याङ यादव, बोधमाया यादव, रामकुमारी चौधरी, सुरेन्द्रप्रसाद जयसवाल, रेनु चन्द, देवी खड्का, विमला सुवेदी, समिता कार्की, अमर टण्डन, रूपा चौधरी, सूर्यमान दोङ, सुदन किराती, राजकुमार पासवान, विन्दमाया विष्ट, छत्रबहादुर श्रेष्ठ, सुकबहादुर रोका, रामदीप आचार्य, महेन्द्र ब. शाही, तारामान चमार, शरदसिंह भण्डारी, तिलकराम शर्मा (हिमाल), कृष्ण धिताल, शालिकराम जमरकट्टेल, त्रिलोचन भट्ट, कुमार चौधरी, इन्द्रबहादुर श्रेष्ठ, देवराज रेग्मी, गजेन्द्र महत पोलिटब्युरो सदस्य भएका छन् ।

यसैगरी वसन्तकुमार कुसद, हेमराज भण्डारी, चुडामणि खड्का, अशोक मण्डल, उमेश यादव, हरिनारायण चौधरी, जयशंकर नायक, वीरमान चौधरी, झलक दर्लामी, कपिल लामा, तपेश्वर चौधरी, धर्मशिला चापागाई, इन्द्रजित थारू, राजकाजी गुरुङ, वामदेव क्षत्री, नरेन्द्र कुँवर, बिना मगर, नरेश भण्डारी, युवराज भट्टराई पोलिटब्युरोमा छानिएका छन् ।

निर्मल आचार्य, महेन्द्र केसी, देवेन्द्र पराजुली, रेनु दाहाल, कालिबहादुर मल्ल, कृष्ण केसी, हिमाल शर्मा, गणेश मल्ल, ताराकुमारी घर्ती, राजन दाहाल, लोकेन्द्र लम्साल, पदम राई, दामा शर्मा, वलावती शर्मा, कल्पना धमला, महेन्द्र पासवान, लक्ष्मण जोशी, कुमारी मोक्तान, गोपी अछामी, धनबहादुर माक्थिम, ज्ञानु बस्नेत, अमर तमु, श्रवण खड्का जीवन, हरिकुमार अखण्ड, कुमार पौडेल, श्याम श्रेष्ठ पनि पोलिटब्युरोमा समेटिएका छन् ।

छोरी, बुहारी, भाइ र स्वकीय सचिवसमेत पोलिटब्युरो सदस्य
अध्यक्ष दाहालले घोषणा गरेको पोलिटब्युरो सदस्यमा आफ्ना छोरी, बुहारी, भाइ र स्वकीय सचिवलाई समेत समेटेका छन् ।
पोलिटब्युरोमा दाहालकी छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रतिनिधि सभा सदस्यसमेत रहेकी बुहारी बिना मगर, राष्ट्रिय सभा सदस्य रहेका भाइ नारायण दाहाल र स्वकीय सचिव रहेका रमेश मल्ल रहेका छन् ।

यसअघि पहिलो दिनको बैठकमा अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई उनले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । परिवारवाद हाबी भएको भन्दै पार्टी नेता कार्यकर्ताले दाहालको आलोचना गर्दै आएका छन् ।

विशेष महाधिवेशन गर्ने
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा वैचारिक छलफलका लागि यसअघि नै प्रचण्डले विशेष महाधिवेशन गर्ने आश्वासन दिँदै आएका छन् ।

‘छिट्टै विशेष महाधिवेशन गर्नेछौं । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पु¥याउन नयाँ अभियान चलाउनेगरी अघि बढ्छौं,’ उनले भने ।

यसैगरी, दाहालले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइनअन्तर्गत अर्थमन्त्रीको विषयलाई उचालिएको दाबी गरेका छन् । मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्रकारीलाई जवाफ दिएको बताउँदै उनले शर्माको बचाउ गरेका छन् ।

‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसद्मा कुरा उठेपछि उहाँले प्रस्ट कुरा राखेर संसद्मा नैतिकता प्रदर्शन गर्नुभएको छ,’ उनले भने, ‘यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो ।’

उनले त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको र त्यस’bout कार्यकर्ता र जनतालाई भन्नुपर्ने बताए । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबारमन्त्री पदबाट राजीनामा दिएका थिए । राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट