प्रहरीमा केन्द्रीय प्रवक्ताको जिम्मेवारी टेकप्रसाद राईलाई-Sutra News

प्रहरीमा केन्द्रीय प्रवक्ताको जिम्मेवारी टेकप्रसाद राईलाई

बिहिबार, २३ असार २०७९

बिहिबार, २३ असार २०७९

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ ।



उहाँ हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ ।

पदोन्नति हुनुअघि उहाँ बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा हुनुहुन्थ्यो । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट