काठमाडौंमा साझा यातायातको ३ वटा बिजुली बस सञ्चालनमा, वाइफाइको पनि सूविधा-Sutra News

काठमाडौंमा साझा यातायातको ३ वटा बिजुली बस सञ्चालनमा, वाइफाइको पनि सूविधा

बिहिबार, २३ असार २०७९

बिहिबार, २३ असार २०७९

काठमाडौं – साझा यातायातले काठमाडौंमा बिजुली बस सञ्चालनमा ल्याएको छ । यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस परीक्षण गरी आजबाट सञ्चालनमा ल्याएको हो ।



तीन वटा बिजुली बसले नम्बर प्लेट र रुट लिएर काठमाडौंमा सेवा दिएका छन् । बिहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले औपचारिक शुभारम्भ गरेका हुन् ।

यातायातका अनुसार ४ जना महिना चालक र ५ जना महिला सह चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिइएको छ । यी बस चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बस कारखानाले बनाएको हो ।

बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता रहेको छ । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको बताइएको छ । अब बाँकी ३७ वटा बस पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट