२ दशकदेखि सांगीतिका क्षेत्रमा क्रियाशिल संगीतकार गंगाराज राईको संगीतमा तयार सुख खुशीको चर्चा-Sutra News

२ दशकदेखि सांगीतिका क्षेत्रमा क्रियाशिल संगीतकार गंगाराज राईको संगीतमा तयार सुख खुशीको चर्चा

बिहिबार, २३ असार २०७९

बिहिबार, २३ असार २०७९

काठमाडौँ । बेलायतमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल संगीतकार हुन् गंगाराज राई । बेलायतमा आफ्नै रेकडिगं स्टुडियो समेत संचालन गरिरहेका राई नेपाली सांगीतिक क्षेत्रमा २० वर्ष बढी क्रियाशिल संगीतकार हुन् ।



औपचारिक रुपमा ईलाहबाद अन्तर्गतको सास्त्रृय संगीतमा ६ वर्ष अध्ययन पुरा गरेका संगीतकार राइले विगत १२ वर्षदेखि संगीत अध्यापन गराईरहेका छन् । उनका आभास, उपमा र स्पन्दन गरि ३ ओटा एकल गीति एल्बम सार्वजनिक भएका छन् ।

उनै संगीतकार राईको संगीतमा तयार पछिल्लो गीत सुख खुशीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा शब्द हिमकला किराती र स्वर सुमीता राईको रहेको छ। सार्वजनिक गीतको भिडियो बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको छ भने भिडियो देश प्रेमले भरिएको छ । जसको छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । दीपिका श्रेष्ठको सह निर्देशन रहेको भिडियोमा नबिन निरौलाले कलरिगं गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट