उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता-Sutra News

उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

बिहिबार, २३ असार २०७९

बिहिबार, २३ असार २०७९

उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।



बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट