प्रेमी राहुलसँग विवाह बन्धनमा बाधिँइन् पूर्वमिस नेपाल सदीक्षा-Sutra News

प्रेमी राहुलसँग विवाह बन्धनमा बाधिँइन् पूर्वमिस नेपाल सदीक्षा

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

काठमाडौं – पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विवाह गरेकी छिन् । उनले आफ्नो प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी हुन् । केही वर्षदेखि प्रेममा रहेका उनीहरुले मंगलबार राति नेवारी परम्पराअनुसार गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा विवाह गरेका हुन् ।



विवाह समारोहमा निकट आफन्त र परिवारको उपस्थिति रहेको थियो । विवाहअघि उनीहरूले रिसेप्सन पार्टी पनि दिएका थिए । विवाहको दिन दुलाहा–दुलहीको पहिरनमा रहेका उनीहरु खुशी देखिएका थिए ।

राहुलले काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका छन् भने सदीक्षा २०१० की मिस नेपाल हुन्। उनले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम प्रस्तोताको भूमिका निभाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट