सरकार पटकपटक म्याद थप्दै, ठेकेदार काम छाड्दै हिँड्दै-Sutra News

सरकार पटकपटक म्याद थप्दै, ठेकेदार काम छाड्दै हिँड्दै

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

सरकारले निर्माण व्यवसायी (ठेकेदार)हरूसँग मिलिमतो गर्दै विभिन्न पूर्वाधार तथा विकास निर्माणसम्बन्धी परियोजनाको पटकपटक म्याद थप्दै आइरहेको छ । सरकारले दिएको सहुलियतविपरीत निर्माण व्यवसायीले भने समयमा नै निर्माण काम सम्पन्न गर्नुपर्नेमा उल्टै ढिलासुस्ती गर्ने गरेका छन् ।



विकास निर्माणसम्बन्धी परियोजनाको निर्धारित समयमा नै निर्माण सम्पन्न नगर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुन सकेको छैन । सरकारको यही कमजोरीको फाइदा उठाउँदै निर्माण व्यवसायी भने समयमा नै निर्माण सम्पन्न गर्न आलटाल गर्दै आइरहेका छन् ।

निर्माण व्यवसायीले एउटा परियोजना सम्पन्न गरेर अर्को लिनुको सट्टा सरकारको कमजोरीको फाइदा उठाउँदै एकपछि अर्को ठेक्का लिने र काम अलपत्र गर्ने गरेका छन् । शक्ति र पहुँचवाला कतिपय एउटै ठेकेदार कम्पनीले दर्जन बढी ठेक्का सम्झौता गर्ने र समयमा नै निर्माण नसकी म्याद थप गर्दै जाने गरेको बताइएको छ ।

सरकारले पछिल्लोपटक निर्माण व्यवसायीको प्रभावमा परेर सार्वजनिक खरिद नियमावली संशोधन गरेको तीन महिना नबित्दै पुनः १२औं संशोधन गरेर एक वर्षका लागि म्याद थप गरेको छ ।

सरकारले चालू अर्थिक वर्षको असार मसान्तभित्र म्याद सकिएका र सम्झौताअनुरूप काम नभएका आयोजनाको म्याद एकमुष्ठ एक वर्ष थप गरेको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट