मुख्यमन्त्री शाही र स्वीस राजदूतबीचको भेटमा के भयो ?-Sutra News

मुख्यमन्त्री शाही र स्वीस राजदूतबीचको भेटमा के भयो ?

मंगलबार, २१ असार २०७९

मंगलबार, २१ असार २०७९

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ



मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा सङ्घीयता, कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था र सडक गुरुयोजना तयारीलगायतका विषयमा छलफल भएको थियो । खासगरी स्वीट्जरल्याण्ड सरकारले कर्णालीमा सञ्चालन गरेका परियोजना हेर्न आएका राजदूत क्याप्लरले द्वन्द्वपीडितका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामको बारेमा जानकारी लिए ।

“स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सीएमसी नेपालले यहाँका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरेको छ”, राजदूत क्यापलरले भने“द्वन्द्वपीडितको स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणमा प्रदेश सरकार अझै गम्भीर बन्नुपर्छ ।”

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । उनले राहत, जीवन निर्वाह भत्ता, औषधि उपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा काम गरिरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट