‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल बन्ने-Sutra News

‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल बन्ने

मंगलबार, २१ असार २०७९

मंगलबार, २१ असार २०७९

काठमाडौ – चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ ।सो चलचित्रमा अभिनय गरेका पुरानै कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिएका छन ।



ठकुरी परिवारको एक गरिब पुरुष ‘टलकजंग’ को मनोदशा र अवस्थीतिमा केन्द्रित उक्त चलचित्रमा ‘हनुमान’ र ‘भष्मे डन’ लगायत चर्चित पात्रहरुले दशर्कलाई लामो समयसम्म बाँधीरहेको बेला निमार्ण पक्षले सो चलचित्रको सिक्वेल बनाउन लागिएको बुझिएको छ ।

निश्चल बस्नेतले निर्देशन गरेको सो चलचित्रमा दयाहाङ राई, बिपिन कार्की, खगेन्द्र लामिछाने, ऋचा शर्मालगायत कलाकार मुख्य भूमिकामा थिए । माओवादी सशष्त्र युद्धकालको आसपासमा भएका घटनालाई चलचित्रमा कलात्मक तरिकारले गरेको प्रस्तुतीलाई दर्शकहरुले रुचाएका थिए । ‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा भने कलाकार लामिछानेले लेखेका हुन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट