बिहे अघि नायीका नीता ढुङ्गानाले सार्वजनिक गरिन् ब्याचलर पार्टीका तस्वीर-Sutra News

बिहे अघि नायीका नीता ढुङ्गानाले सार्वजनिक गरिन् ब्याचलर पार्टीका तस्वीर

मंगलबार, २१ असार २०७९

मंगलबार, २१ असार २०७९

नायीका नीता ढुङ्गानाले बिबाह अघि ब्याचलर पार्टीका तस्बिरहरु पनि सार्वजनीक गरेकी छिन् । आफ्ना नजिकका सिमित साथीलाई बोलाएर सुटुक्क ब्याचलर पार्टी मनाएकी उनले बल्ल तस्वीहरु सार्वजनिक गरेकी हुन् । उनले ब्याचलर पार्टीका तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन् ‘एक्लो जीवनको अन्त्य ।’



नायीका निता ढुङ्गाना र ज्योतिष तथा नायक हरिहर अधिकारीबीच यहि असार २४ गते भव्य रुपमा विवाह हुँदैछ । नीताले हरिहरसँगको प्रेमलाई बल्ल औपचारिक रुपमै स्विकार गरेकी छिन् ।

नीताले सामाजिक संजाल फेसबुकमा हरिहरसँगको तस्बिर पोष्ट गर्दै लेखेकी छिन् ‘हो हामी सँगै हुँदैछौँ, तपाईँहरूको आशीर्वाद र माया सधैं यसरी नै पाइ राख्न पाउँ।’

यसअघि यी दुबै जना लामोसमयदेखि प्रेममा रहेको भएपनि आफुहरुबीचको प्रेमलाई अस्विकार गर्दै असल साथी मात्र भएको बताउदै आएका थिए । प्राय सार्वजनिक कार्यक्रमा संगै देखीने निता र हरिहरलाई प्रेम र विबाहको बारेमा प्रश्न गर्दा दुबैले ‘भोलि कसले देखेको छ ?’ भन्दै टार्ने गर्थे। तर उनीहरु यही असार २४ गते विवाह बन्धनमा बाँधिदै छन् ।

यतिबेला निता र हीहर दुबै जना विवाहको तयारीमा लागेका छन् । उनीहरूले आफ्नो विवाहका लागि अहिले निम्तो कार्ड पठाइरहेका छन् । उनीहरुको विवाहमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।

विवाह लगत्तै नीता र हरिहर फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनमा निस्कने तयारीमा छन् । यो जोडीले उक्त फिल्मको शुभमुहुर्त पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट