अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानसेनापति, जंगीअड्डामा स्वागत-Sutra News

अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानसेनापति, जंगीअड्डामा स्वागत

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

काठमाडौं, २० असार -अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्र्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो ।



लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट