गाब्रियल जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता-Sutra News

गाब्रियल जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

काठमाडौं – इंग्लिस क्लब आर्सनलले २५ वर्षीय ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ । आर्सनलले सोमबार जिससलाई इंग्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट पाँच वर्षको लागि अनुबन्ध गरेको जनाएको छ ।



९ नम्बर जर्सीमा देखिने जेसिसले सन् २०२७ सम्म आर्सनलमा रहने छन् । जिसस सन् २०१६ मा पाल्मीरासबाट सिटी अनुबन्ध भएका थिए । सिटीका लागि जिससले १५९ प्रिमियर लिगमा ५८ गोल गरेका छन् ।

सिटीमा रहँदा जिससले प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट