अश्लील दोहोरी गीत गाउने १३ कलाकारले दिए स्पस्टिकरण-Sutra News

अश्लील दोहोरी गीत गाउने १३ कलाकारले दिए स्पस्टिकरण

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

अश्लील दोहोरी गीत गाउने १३ कलाकारले दिए प्रतिष्ठानलाई स्पस्टिकरण अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।



केही समययता लाइभ दोहोरीमा अश्लील गीत गाएको भन्दै गुनासो आउनेक्रम बढ्न थालेपछि प्रतिष्ठानले अश्लील गीत गाउने २० जना कलाकारलाई पत्र काटेको थियो ।

तीमध्ये १३ जना मात्र उपस्थित भएर माफी माग्दै स्पष्टीकरण दिएका हुन् । उपस्थित सबै कलाकारलाई स्पष्टीकरण सोधिएको र उनीहरुले अबका दिनदेखी यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको प्रतिष्ठान अन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले बताए ।

दोहोरी नै नजान्ने कलाकारलाई गाउन लगाएर भएन। अर्काले लेखिदिएको गीत गाएको देखिएको छ। हामीले उहाँहरुलाई चेतावनी दिएका छौँ’ हमालले भने।

प्रतिष्ठानले दोहोरीमा विकृति बढेको गुनासो बढ्दै गएपछि यसअघि पनि पटकपटक स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट