सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता-Sutra News

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल अजरबैजानको भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्केको छ ।



अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर उक्त प्रतिनिधिमण्डल आज स्वदेश फिर्ता भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणका सम्बन्धमा जानकारी दिने क्रममा सभामुख सापकोटाले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिबीच अनुभव आदानप्रदान भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट