

काठमाडौँ – भारत सरकारले अनुदान सहायता स्वरुप सोवर रिह्याव सेन्टरलाई एम्बुलेन्स प्रदान गरेको छ । भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा रिह्याव सेन्टरलाई भारत सरकारले उपहार स्वरुप एम्बुलेन्स प्रदान गरेको हो ।
नेपालस्थित भारतीय राजदूतावासले सोवर रिह्याव सेन्टरसँगै अन्य विभिन्न संघसंस्थाहरुलाई पनि एम्बुलेन्स र विद्यालय बस उपहार दिएको छ ।
राजदूतावासले सहयोग गर्ने क्रममा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो ।
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ ।