बल्खुमा बाटोमा हिड्दै गरेका आमा छोरालाई हुँँइकिदै आएको भ्यानले ठक्कर दिँदा ५ वर्षीय छोराको मृत्यु,आमा घाइते-Sutra News

बल्खुमा बाटोमा हिड्दै गरेका आमा छोरालाई हुँँइकिदै आएको भ्यानले ठक्कर दिँदा ५ वर्षीय छोराको मृत्यु,आमा घाइते

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

काठमाडौं – काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् ।



मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो । सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट