‘उम्मेदवार स्वतन्त्र हुन्छन् तर स्वतन्त्र पार्टी हुँदैन’-Sutra News

‘उम्मेदवार स्वतन्त्र हुन्छन् तर स्वतन्त्र पार्टी हुँदैन’

शुक्रबार, १७ असार २०७९

शुक्रबार, १७ असार २०७९

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ ।



तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुवाले यस्तो स्वतन्त्रताको बहस निर्दलीय निरर्थक रहेको बताउनुभएको छ । उहाँहरूले यस्तो गतिविधिले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने पनि बताउनुभयो । उहाँहरूले लोकतान्त्रिक व्यवस्थाकै कारण यस्ता गतिविधि र बहस गर्न पाएको पनि बताउनुभयो ।

प्राडा मीना वैद्य मल्ल, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र लेखक/पत्रकार किशोर नेपालले लोकतन्त्र र सङ्घीयतालाई गतिशील बनाउन राजनीतिक दलहरू सुदृढ बन्नुपर्ने, समयसापेक्ष रूपमा आन्तरिक रूपान्तरित र जनताका आकाङ्क्षा सम्बोधन गर्न अझ प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

प्राडा मल्लले दलीय व्यवस्थामा राजनीतिक दलहरूले राज्य र जनताका बीचमा पुलको काम गर्ने बताउनुभयो । उहाँले दलहरू परिवर्तनका संवाहक रहेको बताउँदै स्वतन्त्रलाई उम्मेदवार बन्ने बाटो पनि त्यही दलहरूको बलिदानीपूर्ण सङ्घर्षबाट लेखिएको संविधानबाटै सम्भव भएको उल्लेख गर्नुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट