भारत र इंग्ल्यान्डबीच जुलाई १ देखि बर्मिङ्घममा हुने टेस्टमा रोहित शर्माको सट्टा फास्ट बलर जसप्रित बुमराहले कप्तानी गर्नेछन् ।
बुधबार रोहित शर्माको दोस्रो पटक कोभिड टेस्ट पोजिटिभ आएपछि यो निर्णय गरिएको हो ।
करिब ३५ वर्षपछि कुनै फास्ट बलरले भारतीय टेस्ट टोलीको कप्तानी गरेको यो पहिलो पटक हुनेछ ।
पछिल्लो पटक फास्ट बलर कपिल देव कप्तान थिए । कपिलले सन् १९८७ मा टेस्ट कप्तानीबाट राजीनामा दिएपछि बुमराह यो जिम्मेवारी सम्हाल्ने पहिलो फास्ट बलर हुनेछन् ।