‘देशको आर्थिक संकट निवारण गर्न राज्यले प्रभावकारी भूमिका खेलेन’-Sutra News

‘देशको आर्थिक संकट निवारण गर्न राज्यले प्रभावकारी भूमिका खेलेन’

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले राज्यले उद्योगी व्यवसायीहरला२ संरक्षण नगरेर मुकदर्शक बनेको भन्दै आपत्ति जनाएको छ ।



बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले मुलुकको आर्थिक संकट, आर्थिक अराजकता र आर्थिक असुरक्षाको अवस्थाका कारण उद्योगी व्यवसायीहरु पीडित हुनु परेको र यस्तो पीडाका बेलामा राज्यले उद्योगी व्यवसायीहरलाई संरक्षण गर्नुपर्नेमा कुनै ठोस सहयोग नगरेको र राज्यले अविभावकीय भूमिका नखेलेर मुकदर्शक बनको भन्दै आपत्ति जनाएको छ । देशको वर्तमान आर्थिक संकटप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

उसले उद्योगी व्यवसायीहरुको पीडामा मलम लगाउने र आफूहरुलाई संरक्षण गर्ने राज्य छ भन्ने अनुभूति दिलाओस् भन्ने आफूहरुको अपेक्षा रहेको जननाएको छ ।

विभागले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण रुपमा असन्तुष्टि जनाएको छ । बजेटमा उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कुनै पनि प्रभावकारी नयाँ कार्यक्रम आउन नसकेको उसको भनाइ छ ।

सरकारले महंगी नियन्त्रण गर्न नसकेको र उद्योगीलाई राहत हुने र उपभोक्तालाई सहुलियत दिने कुनै पनि काम ल्याउन नसकेको उसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट