समवेदना व्यक्त गर्न बिजुक्छेंको घरमा ओली-Sutra News

समवेदना व्यक्त गर्न बिजुक्छेंको घरमा ओली

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई भेट गर्न उनको निवास पुगेका छन् । बिहीबार अध्यक्ष ओली समवेदना व्यक्त गर्न भक्तपुरस्थित बिजुक्छेंको घर पुगेका हुन् । उनले बिजुक्छेंलाई भेटेर समवेदना व्यक्त गरेका छन् ।



विजुक्छेंकी पत्नी शोभा प्रधानको गत हप्ता ने पाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा ६२ वर्षको उमेरमा निधन भएको भयो । शोभा २० वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । आफू प्राणघातक रोगबाट पीडित भए पनि शिक्षा क्षेत्रमा योगदान गरिरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट