सुटुक्क ब्याचलर पार्टी मनाइन् नीताले-Sutra News

सुटुक्क ब्याचलर पार्टी मनाइन् नीताले

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

काठमाडौँ – नायिका नीता ढुंगाना र ज्योतिष तथा नायक हरिहर अधिकारी अहिले आफूहरुको विवाहको तयारीमा छन् । ज्योतिष हरिहर र नीताले आफ्नो लामोसमयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्न लागेका हुन्।



उनीहरुको असार २४ गते विवाह हुँदैछ । उनीहरुले सोही दिन याक एण्ड यति होटलमा विवाह गर्ने बताइएको छ । विवाह गर्नुअघि नीताले ब्याचलर पार्टी पनि मनाएकी छिन्। उनले बुधबार आफ्ना नजिकका सिमीत साथीलाई बोलाएर सुटुक्क ब्याचलर पार्टी मनाएकी हुन् ।

भाईलाई भेट्न हरिहर नीताको घरमा जानेक्रममा उनीहरुको पहिलो भेट भएको थियो । निताको घरमा आउँदा उनीहरूबिच हाई हेल्लो सुरु भएको थियो । त्यसपछि नीताको जन्मदिनमा आयोजित कार्यक्रदेखि हरिहर नजिक हुँदै गएका थिए । नीताले बुधबार सुटुक्क गरेको ब्याचलर पार्टीको तस्बिर सार्वजनिक गरिएको छैन । यो जोडीले ‘ह्रस्वदीर्घ’ नाममा चलचित्र समेत बनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट