‘विक्रम रोना’ का किच्चाले बुझे १५ करोड पारिश्रमिक-Sutra News

‘विक्रम रोना’ का किच्चाले बुझे १५ करोड पारिश्रमिक

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

मुम्बई – कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’का कारण चर्चामा छन् । फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन् । सलमान किच्चाका मिल्ने साथी हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ ।



यो फिल्मको बजेट करिब ९५ करोड हो । फिल्मका लागि किच्चाले झन्डै १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेका छन् । कन्नड फिल्ममा यति धेरै पारिश्रमिक लिने कलाकार कमै मात्र छन् ।

फिल्म ‘विक्रम रोना’ एक हरर एडभेञ्चरस फिल्म हो । फिल्ममा किच्चा एक प्रहरी अधिकृतको भूमिकामा देखिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट