ओली र वामदेवको एक बर्षपछि भेट, वामगठबन्धनको प्रस्ताव-Sutra News

ओली र वामदेवको एक बर्षपछि भेट, वामगठबन्धनको प्रस्ताव

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । बिहीबार एमाले अध्यक्ष ओलीलाई भेट गर्न गौतम उनकै निवास बालकोट पुगेका थिए । भेटमा उनीहरुबीच वाम एकता, चुनावी मोर्चा निर्माण गर्नेलगायतका विषयमा कुराकानी भएको छ ।



भेटमा गौतमले अध्यक्ष ओलीसँग कनिष्ठ पार्टी एकता गरेर त्यसको नेतृत्व गर्ने प्रस्ताव राखेका थिए। सम्भव भएसम्म वाम एकता नभएमा आगामी निर्वाचनमा पार्टी मोर्चा बनाएर जानुपर्ने ओलीसँग गौतमले प्रस्ताव गरेको स्रोतको भनाई छ । गौतमले विभाजित भएका कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय गौतमले करिब एक वर्षपछि बालकोट पुगेर ओलीसँग हात मिलाउँदै कुराकानी गरेका हुन् । नेकपा एमाले र माओवादी केन्द्र छुट्टिएदेखि चुप बसेका गौतमले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । उनले सो अभियान घोषणा गर्दै एकताको प्रयास गरिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट