कीर्तिपुरमा किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी बलात्कार, २० वर्षीय साजन पक्राउ-Sutra News

कीर्तिपुरमा किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी बलात्कार, २० वर्षीय साजन पक्राउ

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

कीर्तिपुर – काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।



उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

मुस्ताङमा पनि १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट