३३ औं दिनमा फिल्म ‘के घर के डेरा’को सुटिङ सकियो-Sutra News

३३ औं दिनमा फिल्म ‘के घर के डेरा’को सुटिङ सकियो

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को सम्पूर्ण सुटिङ सकिएको छ । मंगलबार राजधानीको नेपाल कला परिषदमा सिनेमाको अन्तिम दृश्यको छायांकन गर्दै सिनेमाको सम्पुर्ण छायांकन सकिएको हो । निर्देशक खनालका अनुसार क्यामेरा अन भएको ३३ औं दिनमा सिनेमाको छायांकन सकिएको बताए ।



निर्देशक खनालले आफ्नो सोच अनुसार नै सिनेमा निर्माण भएको सुनाए । सिनेमाका कलाकारले आफुलाई राम्रो साथ दिएकाले पनि ‘के घर के डेरा’को रिजल्ट राम्रो निस्किनेमा विस्वस्त रहेको निर्देशक खनालको भनाई छ । आफ्नो हरेक सिनेमामा दर्शकले पाउने सम्पुर्ण खुराक ‘के घर के डेरा’मा पाउने विश्वास व्यक्त गरे । सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिएको छ ।

ए प्लस इन्टरटेनमेन्ट व्यानरमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमाले काठमाडौंमा बस्ने सम्पुर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाईको अनुभव पनि अभिनेता दयाहाङ राई इन्डक्ल्यापमा साटेका छन् ।

यही वर्ष रिलिज तयारी रहेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमामा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडक्सन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहने छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट