मल र हैजाको कुरा गरेर शितलनिवासबाट फर्के प्रधानमन्त्री देउवा-Sutra News

मल र हैजाको कुरा गरेर शितलनिवासबाट फर्के प्रधानमन्त्री देउवा

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीलतनिवास पुगेका थिए ।



राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो ।  प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् । उनले मलको समस्या समाधानका लागि दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट