तामझामका साथ बामदेव गौतमले घोषणा गर्दै नयाँ पार्टी, यस्तो छ पार्टीको नाम (भिडियो)-Sutra News

तामझामका साथ बामदेव गौतमले घोषणा गर्दै नयाँ पार्टी, यस्तो छ पार्टीको नाम (भिडियो)

मंगलबार, १४ असार २०७९

मंगलबार, १४ असार २०७९

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । नयाँ पार्टी घोषणा गर्न आयोजिक कार्यक्रम अहिले रिपोर्टर्स क्लब नेपालमा जारी छ । कार्यक्रममा गौतमसहित विभिन्न व्यक्तित्वहरु सहभागी छन् । कार्यक्रममा विभिन्न व्यक्तिले आफ्ना कुराहरु राखिरहेका छन् ।



नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका गौतम अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट