पोखरीमा डुबेर तीन जना बालबालिकाको मृत्यु-Sutra News

पोखरीमा डुबेर तीन जना बालबालिकाको मृत्यु

मंगलबार, १४ असार २०७९

मंगलबार, १४ असार २०७९

काठमाडौं – सिरहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका–५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार मृत्यु भएको हो । घर छेउमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



कैलालीको लम्की चुहा नगरपालिका–८ मलभङ्गा बस्ने लाल बहादुर बिष्टकी छोरी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिम बहादुर कुवँरकी छोरी ६ वर्षीया भावना कुवरको सोमबार साँझ डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित बडिमालिका इँटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा खसेर डुबेको अवस्थामा उनीहरु भेटिएका थिए ।

उद्दार गरी उपचारको लागि खापर हेल्थ क्लिनिकमा लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट