फेरि आमरण अनशन बस्दै भूपू गोर्खा सैनिक, संयोजक राई भन्छन् – ‘विभिन्न बहानामा वार्ता भाँडने षडयन्त्र भयो’-Sutra News

फेरि आमरण अनशन बस्दै भूपू गोर्खा सैनिक, संयोजक राई भन्छन् – ‘विभिन्न बहानामा वार्ता भाँडने षडयन्त्र भयो’

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९

काठमाडौं – ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले बेलायतको प्रधानमन्त्री कार्यालयअघि फेरि आमरण अनशन बस्ने चेतावनी दिएका छन् । पेन्सन लगायत विभिन्न सेवा सुविधामा गरिएको विभेदको अन्त्यको माग गर्दै भूपू गोर्खा सैनिकले आन्दोलन गर्दै आइरहेका छन् ।



आइतबार गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले यस बारेमा छलफल गरेको थियो । उक्त छलफलमा २१ जुलाईदेखि पुनस् आमरण अनशनमा जाने निर्णय गरिएको छ । यो समितिले लामो समयदेखि समानताको आन्दोलन गरिरहेको छ ।
नेपाल र बेलायत सरकारको तर्फबाट वार्ता समिति गठन भए पनि यसलाई त्यति चासो दिइएको छैन ।

सोही कारण गोर्खा भूतपूर्व सैनिकहरू पुनस् आन्दोलनको तयारीमा लागेका हुन् । जुलाई १ सम्ममा वार्ताको मिति नतोकिए २ तारिखबाट बेलायत र नेपालको प्रधानमन्त्री कार्यालयमा अल्टिमेटम दिइने बताइएको छ । यस्तै २१ जुलाईदेखि अनशन पनि बस्ने निर्णय गरिएको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विभिन्न बहानामा वार्ता अलमलाइएकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले भने विभिन्न बहानामा वार्ता भाँडने षडयन्त्र भएपछि हामी बाध्य भएर अनशनमा जाने निर्णयमा पुगेका छौँ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट