लमजुङमा गोठमा आगलागी हुँदा १२ पशुचौपाया मरे-Sutra News

लमजुङमा गोठमा आगलागी हुँदा १२ पशुचौपाया मरे

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९

लमजुङ – लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाया निकासिएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वडा नम्बर ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगलागी हुँदा १२ वटा चौपाया मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।



उनका अनुसार गोठको भित्रपट्टि खोरमा रहेका ६ वटा बाख्रा, २ वटा बोका, ३ वटा खसी र १ वटा माउ बाख्रा आगलागी हुँदा निसास्सिएर मरेका हुन् ।

त्यस्तै, एउटा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयहरूले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट