पदबहाली गर्दै नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे दुई निर्णय-Sutra News

पदबहाली गर्दै नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे दुई निर्णय

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९

काठमाडौं – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले स्वयम्भु देखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाइने बताएका छन् ।



सोमबार पदबहालीको क्रममा उनले सो निर्णय गरेका हुन् । शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुई वटा निर्णयहरुमा हस्ताक्षर गरेका छन् ।

उनले स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९र८० का लागि बजेटसमेत छुट्याएको बताए । यस्तै उनले कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णय पनि गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट