स्थानीय आर्थिक विकास रणनीति निर्माणका चरण-Sutra News

स्थानीय आर्थिक विकास रणनीति निर्माणका चरण

आइतबार, १२ असार २०७९

आइतबार, १२ असार २०७९

बिनोद पराजुली/ खोजेको के हो ? नेपाली जनताले आर्थिक विकास, आर्थिक उन्नति, समान आर्थिक बितरण, आर्थिक शुसासन खोजेका हुन भन्ने कुरामा अब दुई मत रहेन, सो भन्दैमा गाँस, बास, कपास, शिक्षा, तथा स्वास्थ आदि खोजेका छैन र भन्ने प्रश्न आऊन सक्छ । माथिका उद्देश्य प्राप्त गर्न तलका कार्य नगरी प्राप्त हुन सक्दैन अत आर्थिक विकासलाई केंद्रबिंदुमा राखेर तलका कार्य सञ्चालन गर्नु पर्नेमा सम्बंधित सरोकारवालाहरुले बुज्न जरुरी छ ।



किन खोजेको ? नेपालमा राजनैतिक परिबर्तन समय समयमा भयेकैछ, सो राजनितिक परिबर्तन बिभिन्न कारणले भएको मनिन्छ तर हामीले परिबर्तनको केन्द्रमा बसेर बिश्लेषण गर्नेहो भने आर्थिक कारण नै मुख्य हो भन्ने प्रष्टहुन्छ । बर्षौ देखि आर्थिक रुपमा पिछडिएका जनता पिछडिनैरहे र जो सम्पन्न थिए उनिहरु झन सम्पन्न हुदै गए जसले गर्दा राज्यको आर्थिक बितरणमा असमानता भयो जसले कमारा(कमारी प्रथा, हली प्रथा, कमैया प्रथा, छुवाछुत प्रथा, बादी प्रथा, रूडीबादी परम्परा आदि कुरालाई मल जल गरेर राज्यमा सस्थागत गर्ने काम गर्यो । समय समयमा राजनीतिक परिबर्तन गरिरहौँ तर परिबर्तन केकालागी भनेर नबुजी गरिनैरहौँ, यदि बिगतका शासक र नेताहरूलेले राष्ट्र र जनताको सामान आर्थिक बिकाश मा ध्यान दिएर सो कुराको अनुभूति जनता लाई गराएको थियोभने नेपालमा येतिको परिबर्तन पक्कै पनी हुने थीयेन । यो गतिशील समयमा परिबर्तन आफैमा नराम्रो हैन तर परिबर्तन केका लागी कस्का लगी नबुझी गरिएको परिबर्तन दिगो हुदैन सो कुरा बिगत को हाम्रो परिबर्तनहरुले पनी देखाईसकेकोछ ।

कस्को लागी खोजेको ? सम्पूर्ण नेपाली जनता चाए त्यो धनि, गरीब, मध्यम बर्गिय होस समग्र नेपाल र नेपाली जनताको आर्थिक बिकाश हुन जरुरी छ । बास्तबमा बिगत लामो समय देखि नेपाली जनता आफ्नो र परिवार को जीवन निर्वाहकोलागी बिदेशी भूमिमा ज्यान को माया मारेर काम गरिरहेका र जानुपर्ने बाध्यता भएका नेपली हरुकोलागी आर्थिक विकास खोजेको हो ।

कसले गर्ने ? संघीय सरकार, प्रदेश सरकार, स्थानीय निकाय, स्थानीय जनता, ब्यापारिक समाज, सरकारी र गैरसरकारी संघ संस्था एबं सबंधित सरोकारवालाहरुको सामूहिक प्रयासमा आर्थिक विकासको कार्यक्रम गर्नु पर्ने हुन्छ जस्मा स्थानीय निकाय, स्थानीय जनता र ब्यापारिक समाज को बिशेष भूमिका हुन्छ किनभने आर्थिक विकास कार्यक्रमको योजना बनाउने, कार्यान्वयनगर्ने तथा प्रभावकारी अनुगमन गर्ने काम स्थानीय निकाय, स्थानीय जनता र ब्यापारिक समाजले गर्न सक्छन । नेपाल को परिप्रेक्षमा स्थानीय आर्थिक विकासको सम्बाहक मुख्यरुपमा स्थानीय निकाय, स्थानीय जनता र ब्यापारिक समाज हुन भन्नेकुरा अघिल्लो पांच बर्षको अनुभब बाटपनि प्रस्ट भैसकेकोछ ।

कहाँ गर्ने ? पूर्ब मेची देखि पश्चिम महाकाली र उत्तरमा हिमाल देखि दछिणमा तराई को समथर भू(भाग सम्म आर्थिक बिकास को लहर चलाउनु पर्ने हुन्छ । नेपालको कुनै पनी क्षेत्र आर्थिक विकासमा पछि पर्नु हुदैन पछि पर्यो भने विकासको लय बिग्रिनेछ अबको समयमा कुनैपनी प्रकारको जोखिम मोल्ने अवस्थामा हामी छैनऊ, हामी पहिलेनै धेरै पछि परिसकेका छौ आर्थिक विकास को मुद्दा मा ।

कहिले गर्ने ? अहिले तुरुन्तै सुरुगरिहाल्नुपर्छ, नेपाली जनताको बर्षौ देखिको आर्थिक समृधि हासिल गरेर राम्रो जीबन यापन गर्ने चाहना प्रप्तिमा ढिलाई गर्नु हुदैन । आर्थिक विकास को यात्रा चलिरहने यात्रा हो तर यात्रा चलिरहदा नेपाली जनताले आर्थिक विकास भएको अनुभूति गरेको हुनु पर्छ नत्र त्यो आर्थिक विकासको यात्राको कुनै अर्थ हुदैन, जसले जनताको निरासलाई झन बढ़ाउछ र अर्को राजनितिक परिबर्तन तिरको ढ़ोका खुल्छ जून कार्य नेपाल र नेपालीको लगी अनुत्पादक हुन्छ र आर्थिक विकास को यात्रालाई अझै बर्षौ पछाड़ी धकेल्छ ।

कसरी गर्ने ? नेपाल र नेपाली को आर्थिक अवस्था बलियो बनाऊन पहिला देशको अर्थतन्त्रलाई बलियो बनाउनुपर्छ, अर्थतन्त्रलाई बलियो बनाउन आफ्ना नगरिकहरुका लागि रोजगारीको सिर्जना गरेर आर्थिक असमानता घटाउनु पर्छ। रोजगारी सिर्जना गर्न उधोग कलकारखाना ब्यापार ब्यावसायहरुको स्थापना हुनुपर्छ तर उधोग धन्दा स्थापना गर्न तेतिसजिलो छैन । स्थानीय आर्थिक विकास रणनीति मार्फत, स्थानीय निकयाहरूले यस क्षेत्रका विधमान र सम्भावित विशेषताहरूको अधिकतम उपयोग गरेर आफ्नो क्षमतालाई बलियो बनाऐर आर्थिक विकासको दिशा तीर लम्किन सक्छन । आर्थिक विकास हासिल गर्नु आफैमा ठूलो चुनौती हो भने सीमान्तकृत समूहलगायत सबै नागरिकले आर्थिक विकासबाट लाभान्वित हुने सुनिश्चित गर्नु अझ ठूलो चुनौती हो । त्यसोभए स्थानीय तहहरुले कसरी प्रभावकारी र समावेशी स्थानीय आर्थिक विकास रणनीति बनाउन सक्छन्रु यसकोलागि पाँच मुख्य चरणहरू अवलम्बन गर्नुपर्ने हुन्छ ।

चरण १ – सरोकारवालाहरुको पहिचान र सम्बाद
स्थानीय आर्थिक विकास आपसी सहकार्यमा आधारित प्रक्रिया हो, तसर्थ, कुनै पनि स्थानीय आर्थिक विकास को सुरुवात सम्बन्धित सरोकारवालाहरूको पहिचान गरी तिनलाई स्थानीय आर्थिक विकास समुह निर्माण गर्नुपर्छ। विभिन्न सरोकारवालाहरूलाई समावेश गर्न र विशेष गरी ती समूहहरूलाई लक्षित गर्न महत्त्वपूर्ण छ जुन प्रायः निर्णय प्रक्रियामा समावेशहुनसामर्थ्यवान हुँदैनन् । स्थानीय आर्थिक विकास प्रक्रिया वैध, अर्थपूर्ण, र प्रभावकारी परिवर्तन गर्ने अधिकारबाट सुसज्जित हुन सबै नागरिक, सार्वजनिक तथा निजी सरोकारवालाहरुको पूर्ण प्रतिनिधित्वहुन अति आवश्यक हुनेछ ।

महत्त्वपूर्ण यो पहिलो चरणमा पहिचान गरेका सरोकारवालाहरूको भूमिका स्थानीय आर्थिक विकास प्रक्रियामा प्रस्ट गर्नु पर्दछ । तिनीहरूको भूमिका प्रस्ट गर्नु महत्त्वपूर्ण छ, किनकि यसले उनीहरूलाई एकअर्कासँग सहयोग र समन्वय गर्ने स्पष्ट मार्गचित्र प्रदान गर्दछ । यस प्रक्रियाको मुख्य चुनौती भनेको यस महत्वपूर्ण विषयहरूमा फरक परिबेश र फरक दृष्टिकोण हुन सक्ने विभिन्न सरोकारवाला हरुबीचको सहकार्यलाई एक ठाउमा भेलाहुन सहज बनाउनु हो ।

चरण २ – स्थानीय अर्थतन्त्रको रेखांकन तथा विश्लेषण
सरोकारवालाहरूको समूह स्थानीय आर्थिक विकास प्रक्रियामा प्रतिबद्ध र संगठित भईसकेपछि, आफ्नो स्थानीय अर्थतन्त्रको पूर्ण र साझा धारणा स्थापित गर्नुपर्नेहुनछ, यसका लगि स्थानीय अर्थतन्त्रको रेखांकन र विश्लेषण गर्नुपर्ने हुन्छ जसकालागि तथ्यांक सङ्कलन र अनुसन्धान सञ्चालन गर्नुपर्नेहुन्छ । यो कार्य महत्त्वपूर्ण छ किनभने यो विश्लेषणले समग्र अर्थतन्त्रका विभिन्न खण्डहरू समावेश गर्दछ, यसबाट प्रमाणमा आधारित स्थानीय आर्थिक विकास प्रक्रियाको ढाचाँ बनाऊन पर्याप्त जानकारी हुनेछ ।

चरण ३ – स्थानीय आर्थिक विकास रणनीति तयार पर्ने
स्थानीय अर्थतन्त्रको रेखांकन र विश्लेषणको आधारमा, स्थानीय आर्थिक विकाश रणनीति तयार गर्नु पर्छ । यस रणनीतिले स्थानीय आर्थिक विकासलाई प्रवर्धन र अपनत्व गर्न सबै पक्षहरूको साझा दृष्टिकोण र प्राथमिक कार्यहरू निर्धारण गर्नु पर्दछ । यो महत्त्वपूर्ण छ कि यी कार्यहरू समावेशी हुन नकी सिमित पहुचवालाहरुको स्वार्थमा विशेष ध्यान केन्द्रित गर्ने ।

चरण ४ – स्थानीय आर्थिक विकास रणनीति कार्यान्वयन
एकचोटि रणनीतिक लक्ष्यहरू र प्राथमिक कार्यहरू पहिचान गरिसकेपछि, सबै समुहको अपनत्व भएको प्राथमिक कार्यहरूको कार्यान्वयनलाई प्रभावकारी बनाऊन बिभिन्न ब्यवस्थापकिय औजारको व्यवस्था गर्नु पर्छ । यसको अर्थ नेतृत्वदायी जिम्मेवारी लिन सक्ने ब्यक्ति वा समूहहरूको पहिचान गर्नु, स्रोत परिचालन गर्नु, आवश्यक साझेदारहरू बनाउनुका साथै प्रभावकारी परियोजना व्यवस्थापन, अनुगमन र रिपोर्टिङको व्यवस्था मिलाउनु हो ।

यो प्राय स्थानीय आर्थिक विकाश प्रक्रियाको सबैभन्दा कठिन चरण हो र धेरै रणनीतिहरू यस बिन्दुमा असफल हुन्छन् । स्थानीय आर्थिक विकाश रणनीतिको अंगहरुको रूपमा समावेश गरिएका गतिविधिहरू परिवेषको आधारमा फरक हुन सक्छ, तसर्थ यी मुख्य गतिविधिहरूको क्रियाशीलताको सुनिश्चितता गर्न आफ्नो परिवेष अनुसार स्थानीय आर्थिक विकास कार्यान्वयनको लागि सबैभन्दा महत्त्वपूर्ण गतिविधिहरू पहिचान गर्नु सक्नुपर्दछ ।

चरण ५ – प्रगति अनुगमन र प्रभाव मूल्याङ्कन
स्थानीय आर्थिक विकास रणनीति कार्यान्वयन भएपछि सबै कार्यहरू अनुगमन भईरहेको सुनिश्चित गर्नुपर्छ र उद्देश्यहरू पूरा भइरहेका छन् भनी सुनिश्चित गर्न कार्य प्रभावको आवधिक रूपमा मूल्याङ्कन गर्नुपर्छ यसले लक्ष्यहरूमा अझ राम्रोसित पुग्नको लागि निरन्तर सुधारको अवसर प्रदान गर्छ ।

सरोकारवालाहरू र स्थानीय समुदायहरू प्रगतिको बारेमा सचेत हुन, संलग्न हुन र सुधारको प्रक्रियाको बारेमा जवाफदेहिता खोज्न सक्ने भएकोले जानकारी प्रदान गर्न स्पष्ट रिपोर्टिङ व्यवस्था हुनु पनि महत्त्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट