पोखरामा सडक भासियो, एक घरमा पूर्ण क्षति-Sutra News

पोखरामा सडक भासियो, एक घरमा पूर्ण क्षति

आइतबार, १२ असार २०७९

आइतबार, १२ असार २०७९

काठमाडौं – पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ । केही दिनदेखिको लगातारको बर्षाका कारण फिर्केखोला नजिकैको बूढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो भासिएको हो ।



सडक भासिदा नजिक रहेको एक घरमा पूर्ण क्षति पुगेको त्यहाँका स्थानीयले जनाएका छन् । भारी बर्षा र जमिनभित्र चुनयुक्त माटो भएकोले सडक भासिएको बताइएको छ ।

सडक भासिएपछि निरिक्षणको लागि महानगर उपमेयर मञ्जुदेवी गुरुङलगायतको टोली पसगेको जनाइएको छ । उनले सडक तुरुन्त मर्मत गरिने बताएकी छिन् । यसअघि पनि पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट