प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ ६ बाट लड्ने अब्दुस मियाँको घोषणा-Sutra News

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ ६ बाट लड्ने अब्दुस मियाँको घोषणा

शनिबार, ११ असार २०७९

शनिबार, ११ असार २०७९

आगामी संसदीय चुनावमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विवेकशील साझाका संस्थापक सदस्य समेत रहेका युवा संगठनका संयोजक अब्दुस मियाँले उम्मेदवारी दिने भएका छन् ।



मियाँ पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेका हुन् । पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राजीनामा दिएपछि पार्टीको औचित्य नरहेको भन्दै मियाँ स्वतन्त्र रूपमा उठ्न लागेका हुन् ।

शनिबार दरबारमार्गस्थित शेर्पा मलको ओपियम रेस्टोरेन्टमा आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम गरेर उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै उनले चुनाव अगाडी या चुनाव पछि पुनः युवाहरूको नयाँ राजनीतिको आका‍ंक्षालाई समेट्ने गरी नयाँ सम्भावना खोजिने उनले बताएका छन्।

उनले भने, ‘देशभरका १६५ निर्वाचन क्षेत्रहरुबाटै सक्षम युवहरुलाई उम्मेदवारी दिन आह्वान गर्न चाहन्छु।’

भ्रष्टाचारको कारण देशमा रोजगारीका अवसर खोसिएको र युवाहरु विदेशिन बाध्य भएको अवस्थामा नेपालमै केही गरूँ भन्ने युवाहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने मियाँको भनाई थियो। नेपाललाई ‘शान्ति क्षेत्र’ को प्रस्तावलाई अगाडी बढाउन पहल गर्ने नेपाललाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्ने प्रस्तावलाई अगाडी बढाउन पहल गर्ने पनि मियाँको योजना छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट