कामना सेवाको शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ-Sutra News

कामना सेवाको शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ

शनिबार, ११ असार २०७९

शनिबार, ११ असार २०७९

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।



बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल आषाढ १० गते शुक्रबारबाट कैलाली जिल्लाको जानकी गाउपालिका वडा नं. ०५ को अमौरामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अमौरा स्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो.राम चौधरी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा ‍‍‍‍‌‌‌नं‍‍‍‍‍‍‍‍. ०५ का वडा अध्यक्ष भिम बहादुर चौधरीले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं‍‍. ०५ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट