दोस्रो विश्वयुद्धको समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला-Sutra News

दोस्रो विश्वयुद्धको समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

शनिबार, ११ असार २०७९

शनिबार, ११ असार २०७९

दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि फेला पारेको हो ।



स्यामी बी भनेरसमेत चिनिने उक्त जहाजलाई जुन २३ मा टेक्सासका अन्बेषक भिक्टोर भेस्कोभोलेले पत्ता लगाएका हुन् । भेस्कोभोलेले विश्वको गहिरो बिन्दुहरूमा आफ्नो अभियान पूरा गरिसकेका छन् ।

उक्त पनडुब्बी फिलिपिन्स सागरमा ६ हजार ९८५ मिटरको गहिराईमा थियो । जहाज लगभग ८० वर्षपछि फेला परेको हो । यो युद्ध ताका सन् १९४४ को अक्टोबरमा फिलिपिन्स सागरमा खसेको थियो ।

यामाटोसहित तीन जापानी युद्धपोतविरुद्धको वीरतापूर्ण लडाइको लागि यो जहाजलाई सम्झिइन्छ । उक्त अमेरिकी जहाजमा चालक दलका २२४सदस्य थिए, जसमध्ये ८९ जनाको मृत्यु भएको थियो । क्याप्टेन रोबर्ट डब्ल्यू कोपल्यान्ड बाँचेका मध्ये एक थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट