माधव नेपाल भन्छन्ः १० भाई एमालेमा ‘दास’ भएर बसेका छन्-Sutra News

माधव नेपाल भन्छन्ः १० भाई एमालेमा ‘दास’ भएर बसेका छन्

शनिबार, ११ असार २०७९

शनिबार, ११ असार २०७९

नेकपा (एस) एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० जना स्थायी कमिटी सदस्यलाई दासको संज्ञा दिएका छन् । १० भाइले गरेको व्यवहार र आचरण हेरिरहेको भन्दै नेपालले पदीय गरिमका सम्मानसमेत नपाएर दास भएर बसेको दावी गरे ।



नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गरे ।

अध्यक्ष नेपालले भने– नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु, उनीहरुको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरु त्यहाँ दास भएर बसेका छन् ।’

नेपालले १० भाइलाई पदीय गरिमको सम्मान पाउन नसकेको दास भएको बताए । उनले चेतावनी दिंदै भने– ‘दास भएर बस्नेले हामीलाई धारेहात लगाउँने दुस्साहस नगरुन् । तथानाम लेखिरहेका छन्, दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट