सत्ता गठबन्धनको निर्णयः पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिने-Sutra News

सत्ता गठबन्धनको निर्णयः पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिने

शनिबार, ११ असार २०७९

शनिबार, ११ असार २०७९
फाइल फोटो

सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न सरकारलाई निर्देशन दिने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिने भएको हो ।



गठबन्धन बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिने निर्णय गरेको नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का स्वकीय सचिव रमेश मल्लले बताए ।

उनले पेट्रोलिमय पदार्थको मूल्यमा लागेका करहरू कटौती गर्ने निर्णय भएको बताए । यो निर्णय आजदेखि नै लागू हुने पनि उनले बताएका छन् ।

‘प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ,’ उनले भनेका छन्, ‘सरकारले उक्त विषयलाई आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागू गर्नेछ। उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म मूल्य घट्ने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट