पोखराका ठाउँ-ठाउँमा पहिरो र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो-Sutra News

पोखराका ठाउँ-ठाउँमा पहिरो र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

शनिबार, ११ असार २०७९

शनिबार, ११ असार २०७९

अविरल वर्षासँगै पोखराका ठाउँ-ठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ ।



त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ ।

मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट