बजेट हेर्न नदिएपछि एमालेका जनप्रतिनिधिहरुले च्याते माइन्यूट-Sutra News

बजेट हेर्न नदिएपछि एमालेका जनप्रतिनिधिहरुले च्याते माइन्यूट

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

काठमाडौँ । विदुर नगरपालिकाको नगरसभा स्थगित भएको छ ।



बजेट हेर्न नदिएको भन्दै नेकपा एमालेका जनप्रतिनिधिहरु अनुपस्थित भएको र माइन्यूट च्यातिएपछि नगरसभा बैठक स्थगित भएको नगरप्रमुखले जानकारी दिए ।

‘असार १० गते शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट ल्याउन नगरपालिकाको जनप्रतिनिधिहरु जिल्ला समन्वय समितिको सभाहल विदुरमा भेला भएको समयमा कार्यपालिका सदस्य एवं वडाध्यक्ष निलमबाबु ढुंगेलले नगरपालिकाको कार्यालयमा प्रवेश गरेर बिहान साढे ९ बजे शाखा अधिकृत रामहरि खनालसँग फोटोकपी गर्न लिएको बैठकको निर्णय पुस्तिकाको पाना च्यातेको छ,’ नगरप्रमुख श्रेष्ठले विज्ञप्तिमा लेखेका छन् ।

जनप्रतिनिधिले यस्तो हर्कत गरेको भन्दै मेयर श्रेष्ठले दुख व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट