नारायणमान विजुक्छेको जीवनसङ्गीनी शोभा प्रधानको शवयात्रा-Sutra News

नारायणमान विजुक्छेको जीवनसङ्गीनी शोभा प्रधानको शवयात्रा

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

भादगाउँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको जीवनसङ्गीनी तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको शुक्रबार निकालेको शवयात्रा ।



भक्तपुर नगरपालिका–१ इनागबाट शुरु भएको शवयात्रा भार्वाचो, तेखापुखु, वंशगोपाल, नासमना, तमारी, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रय, च्याम्हासिंह हुँदै हनुमानघाट लगेको हो । लामो समयदेखि क्यान्सर ‘अर्बुदरोग’ ले शोभाको असार ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारकै क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट