अरु पार्टीजस्तो विदेशीका अगाडी लम्पसार पर्दैनौं – माधव नेपाल-Sutra News

अरु पार्टीजस्तो विदेशीका अगाडी लम्पसार पर्दैनौं – माधव नेपाल

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकिकृत समाजवादी अरु पार्टीजस्तो विदेशीका अगाडी लम्पसार नपर्ने बताएका छन् । शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सो कुरा गरेका हुन् ।



विदेशीका अगाडी लम्पसार नपर्ने भन्दै उनले राष्ट्रिय हित र अवसरको प्रयोगबाट पार्टीलाई अगाडि बढाइने बताए । उनले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बारेमा आवश्यक समिक्षा गर्नुपर्ने देखिएको बताए ।

यसअघिको अवस्थाबाट पाठ सिक्दै संभावनालाई प्रयोग र चुनौतिको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने उनले बताइन् । उनले अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थीतिको विश्लेषण गर्दै सहि निर्णयमा पुग्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट