अर्थतन्त्रमा देखिएका समस्या समाधान बारे गगन थापाले गरे गभर्नर अधिकारीसँग छलफल-Sutra News

अर्थतन्त्रमा देखिएका समस्या समाधान बारे गगन थापाले गरे गभर्नर अधिकारीसँग छलफल

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीसँग आफूले भेट गरेको बारे नेता थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।



उनले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको बताएका छन् । उनले भेटपछि अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नेमा आफूले अपेक्षा लिएको बताएका छन् ।

उनले भने – ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको छु । अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट