धरान उपमहानगरको बैठक स्थगित, मेयर हर्क राईको यी ६ एजेण्डामा छलफल हुन पाएन-Sutra News

धरान उपमहानगरको बैठक स्थगित, मेयर हर्क राईको यी ६ एजेण्डामा छलफल हुन पाएन

बिहिबार, ९ असार २०७९

बिहिबार, ९ असार २०७९

काठमाडौँ  । धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकमा खटपट भएको छ  । विवादका कारण बैठक स्थगित भएको धरानका मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्  ।



‘आजको कार्यपालिकाको वैठक पनि सम्पन्न हुन सकेन ! बजेट विनियोजन विध्येक बिना नै नगरसभा गर्नु पर्ने वाध्यता देखियो ! जे होस् जय धरान भन्न चाहिँ छोड्दिन !’ उनले लेखेका छन्  । त्यस्तै उनका अनुसार आजको बैठकमा निम्न एजेण्डाहरु छलफल हुन सकेन  ।

१. यातायात नवीकरण कार्यालयको शाखा धरानमा पनि माग्ने !

२. हप्ताको शुक्रबार जातिय मौलिक पोशाक लगाएर विद्यार्थीहरु स्कुल जान पाउने / पर्ने !

३. राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्ने !

४. सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गर्ने !

५. सहयोग गर्न चाहने दाताका लागि सरकारी खाता खोल्ने/चलाउने !

६. सर्दु जलाधारको बारेमा टुङ्गो लगाउने !

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट