कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा विशेष छुट-Sutra News

कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा विशेष छुट

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

कुमारी बैंकका ग्राहकलाई बुटवलस्थित महाराजा रिसोर्टमा विशेष छुटको लागि सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्राप्त हुनेछ ।



सम्झौता पत्रमा बैंकका मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्य र रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन् । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै उनीहरुलाई प्रोत्साहन गर्नका निमित्त बैंकले रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले रिसोर्टबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट