अष्ट्रेलियाविरुद्द घरेलु टोली श्रीलंकालाई शृंखला-Sutra News

अष्ट्रेलियाविरुद्द घरेलु टोली श्रीलंकालाई शृंखला

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

काठमाडौ – घरेलु टोली श्रीलंकाले चाैथाे एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउंदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ । मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा एक खेल अगाबै ३-१ ले जितेको हो । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियालाई हराएको हो ।



श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनमा समेटियो । अष्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ९९ रन बनाए । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनायो । श्रीलंकाका लागि चारिथ असलन्काले सर्वाधिक ११० रन बनाए । यस्तै, धनन्जय डी सिल्भाले ६० रनको योगदान गरे । अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट