दोहोरी खेल्न नचाहने बालेन, प्रधानमन्त्री पत्नीलाई घुमाउरो जवाफ-Sutra News

दोहोरी खेल्न नचाहने बालेन, प्रधानमन्त्री पत्नीलाई घुमाउरो जवाफ

मंगलबार, ७ असार २०७९

मंगलबार, ७ असार २०७९

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई जवाफ फर्काएका छन् । देउवाकी पत्नी आरजुले निर्वाचनमा सामाजिक सञ्जाल परिचालन गरेर काठमाडौंको मेयर बनेको आरोप लगाएपछि त्यसको जवाफ रमाइलो गरी बालेनले फर्काएका छन् ।



मेयर बालेनले आफ्नो चुनाव खर्च सार्वजनिक गर्दै सामाजिक सञ्जालमा खर्च शुन्य देखाइदिएका छन् । सोमबार बालेनले चुनावी अभियानमा प्रचारप्रसारका क्रममा आफ्नो तीन लाख ९४ हजार खर्च भएको जानकारी दिएका छन् । उनले सार्वजनिक गरेको खर्चको विवरणमा सामाजिक सञ्जालको खर्च शुन्य देखाइएको छ ।

सोमबार नै नेपाल तरुण दलले कास्कीमा आयोजना गरेको कार्यक्रममा राणाले स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै भनेकी थिइन् – ‘अरुले भनेको पछिपछि लाग्ने नेता हो कि रु विचार दिने नेता हो कि रु मान्छेहरुलाई संगठित गर्न सक्ने नेता हो कि ? ’

उनले बालेनले उक्त पेजलाई किनेको दाबी गर्दै भनेकी थिइन् – ‘बालेन साहको सोसल मिडिया तपाईंले हेर्नु भएको छ ? उहाँले रुटिन अफ नेपाल बन्द कतिमा कन्सल्टेन्सी हायर गर्नुभयो ? ’

उनको यसैको जवाफमा बालेनले सामाजिक सञ्जालको खर्च शुन्य देखाइदिएका हुन् । खर्च विवरण सार्वजनिक गर्दै बालेनले भने – ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट