फिल्म ‘चिसो मान्छे’ ले ३ दिनमा कति कमायो ?-Sutra News

फिल्म ‘चिसो मान्छे’ ले ३ दिनमा कति कमायो ?

सोमबार, ६ असार २०७९

सोमबार, ६ असार २०७९

काठमाडौं – नेपाली चलचित्र ‘चिसो मान्छे’ गत शुक्रबारवाट देशभरका हलहरुमा प्रदर्शन भइरहेको छ ।



कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे लाई हालसम्म राम्रै कमाई गरिरहेको छ । यस फिल्मले पहिलो दिन शुक्रबार ४१ लाख कमाएको छ भने शनिबार ६२ लाख कमाउन सफल भयो ।

यस्तै आइतबार फिल्मले २५ लाख कमाउन सफल भएको छ । हालसम्म यस फिल्मले १ करोड २८ लाख कमाउन सफल भएको निर्माण टिमले जनाएको छ । दिपेन्द्र खनालले निर्देशन गरेको यस फिल्मले राम्रो कमाई गर्ने अनुमान गरिएको थियो ।

तर ठिकैको कमाई गरिरहेको छ । यो फिल्म अमेरिका र माल्टामा पनि प्रदर्शनमा आएको छ । फिल्ममा मुख्य कलाकारमा सोस्तिमा खडकाको अभिनय हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट